कलम, केहि लेखिदेऊ

कलम, केहि लेखिदेऊ

मलाई थाहा छ-
म जे भन्न खोज्दैछु,
तिमीलाई थाहा छ ।


म यसकारण भनेकाे छैन
भनिसकेपछि भनेकोमा
किन भनेछु भन्ने नहोस् ।


म चाहन्छु तिमी पनि नभन,
तर…….

तर यसरी चुप नबसिदेऊ

कलम केही लेखिदेऊ

मैले बुझ्ने गरी।।

Comments

Post a Comment

Popular Posts