मजाक

मजाक

म हिजो माइक्रोमा चढेको थिए
बगर देखि पृथ्वीचोक
कन्टेक्टरले भाडा माग्यो
मैले भने कति हो?,कार्ड छ है दाई
उसले भन्यो रु. २०
मैले भने
हिजो त १० लिएको थियो त
उत्तर आयो- होइन भाई
मजाक गरेको १० नै हो |
TV हेर्ने मन भयो
रिमोट थिचे
प्र.मको भाषण थियो
बीचबिचमा पत्रकारहरु हास्दै थिए
दाईलाई सोधे
किन पत्रकार हासेका ?
उत्तर आयो –
प्रमले मजाक गरेर |
फिल्म हेर्छु
सबैले मजाकनै गरेको देख्छु
रेडियोमा RJ ले मजाक
TV मा VJ ले मजाक
बाटोमा ट्राफिकले मजाक
पसलमा पसलेले मजाक
टेम्पुमा ड्राइभरले मजाक
कक्षामा सरले मजाक
बिहेमा जन्तीले मजाक
मन्त्रालयमा मन्त्रीले मजाक
मनमा प्रश्न उब्जन्छ
हैन यो युद्ध गर्दा सेनाले चाहि
मजाक गर्छ कि गर्दैन होला ?
जिन्दगीनै मजाक भैदेला भन्ने डर !
अचेल त कसैले केहि बोलेपनि
मजाक गरेको हो कि सिरियस ?
भनेर सोध्नु पर्ने |
अँ साच्ची
मलाई डाक्टरले अपरेसन गर्दाको
भिडियो चाहिएको छ
तपाईसंग छ होला ?
हेर्नु छ
अपरेसन गर्दा डाक्टरले चाहि
मजाक गर्छ कि गर्दैन होला ?
दिक्क लाग्यो ! पढ्नु पर्यो भनेर
किताब खोल्दै थिए
तुरुन्तै बन्द गरिहाले
डर लाग्यो !
कतै कितावले पनि
मजाक गर्यो भने ?

Comments

Popular Posts