म तिमीमा तिमी देख्छु

म तिमीमा तिमी देख्छु

म तिमीमा तिमी देख्छु

निश्चल तिमी

मिसावट विहिन तिमी

एउटा तेज हुरीले बुझाउन नसकेको दियो

डर छ त केवल तिम्रो परिवर्तनको;

सबै निभेको देख्दा 

निभ्नुलाई सत्य मान्छौकि भन्ने डर;

आग्रह छ त केवल तिम्रो निरन्तरताको

तर डराउछु आग्रह गर्न

कतै आग्रहनै परिवर्तनको कारण नबनोस् | 

Comments

Post a Comment

Popular Posts