त्यो दिन अवश्य आउनेछ


त्यो दिन अवश्य आउनेछ
त्यो दिन अवश्य आउनेछ जुन दिन
विल गेट्स र माग्ने दाई
चिया पसलमा मनका कुरा साट्दै हुनेछन्
ट्रम्पले पद त्याग्नेछन् र समुन्द्र डिलमा
डल्फिनको नाच हेर्न मग्न हुनेछन .
त्यो दिन अवश्य आउनेछ जुन दिन
इंजिनीयरहरु बाध्यवाधनका सामग्री
डिजाईन गर्दै हुनेछन्
डाक्टरहरु रोगीविहिन अस्पताललाई
संगीत घर बनाउनेछन्
र वैज्ञानिक छमछम नाच्नेछन् .
त्यो दिन अवश्य आउनेछ जुन दिन
पुस्तक विहिन विद्यालयमा विद्यार्थीहरु
परीक्षा विहिन वर्षहरु काट्नेछन् .
त्यो दिन अवश्य आउनेछ जुन दिन
कान्तिपुर दैनिक प्रकृतिमय सुन्दर
तस्विरले भरिएको हुनेछ
र केवल एउटा सूचना हुनेछ
जसमा राष्ट्रपति बनिदिन विन्ती गरिनेछ .
त्यो दिन अवश्य आउनेछ जुन दिन
चिडियाघर खाली हुनेछन
खरायोहरु मानिससंग रम्नेछन्
र मानिसहरु
पान्डाको वस्तीमा पाहुना बस्नेछन् .
त्यो दिन अवश्य आउनेछ जुन दिन
उद्योगहरु खाली हुनेछन
उद्योगपतिले विउ छर्नेछन् र
हिलो छेप्दै धान रोप्नेछन् .
त्यो दिन अवश्य आउनेछ जुन दिन
पाइलटहरु चंगा उडाउनेछन्
विन लादेनहरु लण्डनको सुन्दर गाउमा
गित कोर्दै हुनेछन .
त्यो दिन अवश्य आउनेछ जुन दिन
हिटलरहरु बुद्ध बन्नेछन
ISIS हरु वृक्षारोपण अभियानमा जुट्नेछन् .
माओ र लेनिनहरु
सौचालय निर्माणको अभियान चलाउनेछन् .
त्यो दिन अवश्य आउनेछ जुन दिन
गोलीको साटो कोइलीको आवाज गुन्जनेछ
बमको साटो कागले सुन्दर गित गाउनेछ .
त्यो दिन अवश्य आउनेछ जुन दिन
अन्डरटेकरहरु रिंगमा कमेडी शो गर्नेछन्
र दर्सकहरु पेट मिचिमिची हास्नेछन्  .
त्यो दिन अवश्य आउनेछ जुन दिन
निलआर्मस्ट्रङ्गहरु सगरमाथामा पाइला राख्नेछन्
र हिऊसंग रम्नेछन् .
हिमालले हिऊ फिर्ता  पाउनेछन्
र फूलहरु हास्न थाल्नेछन्  .



Comments

Popular Posts