पोखरा

पोखरा
आकाशै बल्यो तस्विरै लिन, अन्नपुर्ण हिमालको,
सम्झना भन्यो गर्जि बेसरी, ति फेवा तालको।
शुन्दरी डाडाँ लजाईन बेसरी, सात ताल काखैमा,
सेति र कालि सङ्गित बजाई, सारङ्कोट पाखैमा।
पातले छाङ्गा हुदै गुप्तेश्वर, बग्दछिन लुकेर,
हिमाल बन्छन् मित्र पहाडको, अगाडी झुकेर।
कोईली पुगिन काउडाडाँमा, गुलावै लिएर,
शुन्दर सहर हेरिन झल्कैमा, सुस्केरा दिएर।
पुर्याइदेउ सन्देश भन्दै चमेरी साँघुरो बन्दछिन
मेरी चमेरी कस्तीछन् भन्दै महेन्द्र भन्दछन्।
चढेरडुंगा फेवामा घुम्दा पाहुना रम्दछ्न
भुलेर सारा पोखरी अनि पोखरा सम्झन्छन्॥

Comments

Popular Posts