चुनाव सधै किन हुदैन?

चुनाव सधै किन हुदैन?
भोलि चुनाव थियो
सबै तिर चुनावि माहोल थियो
मलाई क्याम्पस पुग्नु थियो
गेट पुग्न नभ्याउदै साथीको कल आयो
रमेश कहाँ छौ ? तिमीलाई भेट्नै गारो,
सधै गम्भीर हुने साथी आज मुस्कुराउदै थियो
मैले भने – होइन यतै छु किन र?
यत्तिकै भेटौ भनेर
उसको आवाजमा धेरैनै पोलाइटनेस् भेटे
सबै जना एकअर्का संग यसरीनै कुरा गर्दै रहेछन
त्यसैले भने
चुनाव सधै किन हुदैन?
हेए.... रमेश !
अर्को साथीले टाढैबाट बोलायो
हुम्.... म फेरी अचम्मित भए
नास्ता खायौ जाऊ नास्ता खान
उसले नास्ता अफर गर्दै थियो
अरु दिन झोक्राएर बस्ने मान्छे
आज निकै जोसमा थियो
त्यसैले  भने
चुनाव सधै किन हुदैन?
साथीसंग भिडको मज्जा लिदै थिए
यत्तिकैमा एकजना नमस्कार गर्दै
हामी नजिक आइन्
उनको बोलिको मधुरता देखेर सोचे
होइन केटिपनि यसरी बोल्न सक्छन?
अनि  भने
चुनाव सधै किन हुदैन?
आज पहिलो पटक कक्षाका साथी
एकठाऊ बसेर गफ मार्दै थिए
रिएल र बार्साले विभाजित हाम्रो क्लास्
आज चुनावी गफमा एकजुट थियो
त्यसैले भने
चुनाव सधै किन हुदैन?
यसअघि कहिल्लै अनुहार नहेर्ने
कलेजका साथीहरु
आज ३ वर्ष पछि चिनजान गर्दै थिए
मैले पनि १०-१२ जना नयाँ साथी बनाए
अनि भने
चुनाव सधै किन हुदैन?



Comments

Popular Posts