डिजिटल मर्निङ्ग

 

डिजिटल मर्निङ्ग

विहान झिसमिस थियो , लगभग ५ बज्दै होला

भाले बास्दै थियो , चराको चिरविर पनि सुनिदै थियो

म अचम्मित भए !

बोइलर मात्र भएको ठाउँमा

 लोपुन्मुख भाले कहाँबाट आयो ?

पुरै निन्द्रा खुलेपछि थाहा भयो

डिजिटल भाले रहेछ |

 

डिजिटल पलाङ्गको आनन्दपूर्ण सुताईपछि

डिजिटल सिरक पन्छाउदै

म मर्निंग वाल्क रूम तिर गए

चारैतिर सुन्दर बगैचा थियो

मैले कहिल्लै नदेखेका फुलहरु

म पाईला सार्दै जादा ताजा हावासंगै

बगैचा वरिपरी घुमिरहन्थे

३० मि. पछि मेरो पाईला रोकियो र बाहिर निस्किए

अनि बल्ल थाहा भयो

म त डिजिटल बगैचामा रहेछु |

 

अनि म किचेन तिर लागे

म पस्न नभ्याउदै मिठो स्वर गुन्जियो

gud mrng  Ramesh !

पहिलो पटक कसैले gud mrng भन्दै थियो

भित्रैबाट खुसी भए

अनि कसैले सोध्यो

के खाने, चिया कि कफी ?

डिजिटल चुलो रहेछ

मैले उत्तर दिए – चिया

म बसिनै रहेको थिए

चिया पाक्दै थियो

केहि बेरमा म बसेकै ठाउँमा चिया आयो

एक्लोपनको महसुस हुदै थियो

एकाएक मानिसहरु देखे

 सबैले  चिया खादै थिए

किचेन बाहिर आए पछि थाहा भयो

म त डिजिटल किचेनमा रहेछु |

 

म फेरी आफ्नै रूममा आए

साथीले पर्खिएर बसेको रहेछ

केहीबेर कुरा भयो, हासो भयो

कुरा सकिएपछि साथी हरायो

म अचम्मित भए

एकाएक कता हरायो साथी

पछि थाहा भयो

डिजिटल भित्तामा डिजिटल साथीसंग

कुरा हुदै रहेछ |

Comments

Popular Posts