कापी



कापी 

हाम्रो प्यारो कापी 
नच्यातौ है साथी 
कापी च्यात्यौ भने
हुन्छौ हामी पापी ।

 साना साना नानीहरु 
छमछम गर्दै नाच 
पढ्नु पर्छ हामीले 
एक दुइ तिन चार पाँच 

कुखुराको बच्चा 
गर्छ चि चि
घर गई पढौ 
A B C D E 

पिङ खेल्न हामीलाई 
आउछ धेरै रङ्ग
पढौ अब हामी 
क ख ग घ ङ 

पढी लेखि हामी 
ठुलो मान्छे बन्छौ
शुन्दर, शान्त विशाल 
नेपाल हामी बन्छौ ।

अरु भन्दा म 
धेरै ज्ञानी छु 
त्यसैले त पढ्छु 
अ आ इ ई उ 


                                                                       

Comments

Popular Posts